लागु औषधसहित युवक पक्राउ


११ श्रावण २०७८, सोमबार
१ 6aTIPksb6C

पर्सा, ११ साउन । पर्साको वीरगञ्ज महानगरपालिका–१६ इनर्वागाउँबाट प्रहरीले लागु औषधसहित एक युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा वीरगञ्ज महानगरपालिका–२४ रामगढवा घर भएका २६ वर्षीय अफरोज मियाँ अन्सारी छन् ।

अन्सारीको साथबाट ६ सय एम्पुल लागु औषध इन्जेक्सन बरामद गरिएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता (डिएसपी) ओमप्रकाश खनालले रातोपाटीलाई बताए ।

आइतबार पक्राउ परेका अन्सारीको साथबाट प्रहरीले नुर्फिन २ सय एम्पुल, डाइजेपाम २ सय एम्पुल र फेनारगन २ सय एम्पुल बरामद गरेको छ । पर्सा प्रहरीले आरोपीबिरुद्ध लागुऔषध सम्बन्धी कसुरमा म्याद लिएर अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७