शाहिद अफ्रिदीले काठमाडौं किंग्सबाट ईपीएल खेल्ने


११ श्रावण २०७८, सोमबार
132194.3

काठमाडौं, ११ साउन । पाकिस्तानी क्रिकेट टिमका पूर्व कप्तान अलराउन्डर शाहिद अफ्रिदीले एभरेस्ट प्रिमियर लिग (ईपीएल) खेल्ने भएका छन् । चौथो संस्करणको ईपीएलमा उनले काठमाडौं किंग्स इलाभेनबाट खेल्ने भएका हुन् ।

आज (सोमबार) काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा काठमाडौं किंग्सले विदेशी खेलाडीका रुपमा शाहिद अफ्रिदीलाई अनुबन्ध गरेको जानकारी दिएका हो । नेपाली लिग खेल्न आउने विदेशी खेलाडीमध्ये अफ्रिदी सबैभन्दा चर्चित र सफल खेलाडी हुन् ।

अफ्रिदीले पाकिस्तानबाट २७ टेस्ट, ३९८ एक दिवसीय र ९९ ट्वान्टी–२० अन्तर्राष्ट्रिय खेल खेलेका छन् । सन् १९९६ मा केन्याविरुद्धको खेलबाट अफ्रिदीले अन्तर्राष्ट्रिय क्रिकेटमा डेब्यु गरेका थिए । उनले सन् १९९६ मा श्रीलंकाविरुद्धको खेलमा ३७ बलमा १०० रन बनाएका थिए ।

जुन विश्वक्रिकेटमा लामो समयसम्म रेकर्डका रुपमा रहेको पनि थियो । अफ्रिदीले एक दिवसीय क्रिकेटमा ८ शतक र ३९ अर्धशतकसहित ८०६४ रन बनाएका छन् । त्यस्तै उनले एक दिवसीय क्रिकेटमा ३९५ विकेट लिएका छन् । ट्वान्टी–२० मा भने उनले १४१६ रन बनाएका छन् भने ९८ विकेट लिएका छन् । चौथो संस्करणको ईपीएल असोज ९ गतेदेखि २३ सम्म त्रिवि क्रिकेट मैदानमा हुनेछ ।

भिडियाे

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७