राजश्व छलीको सामानसहित बल्खुबाट दुई जना पक्राउ


११ श्रावण २०७८, सोमबार

काठमाडौं, ११ साउन । काठमाडौं महानगरपालिका–१४ बल्खुबाट प्रहरीले राजश्व छलेर सामान लिएर आएको ट्रकसहित दुई जनालाई नियन्त्रणमा लिएको छ ।

वीरगञ्जबाट काठमाडौं आएको ना.४ ख ८४९६ नम्बरको ट्रकसहित २ जनालाई पक्राउ गरिएको महानगरीय प्रहरी परिसर काठमाडौंका (प्रवक्ता) एसपी रमेशकुमार बस्नेतले जानकारी दिए । महानगरीय प्रहरी वृत्त कालिमाटीले ट्रक चालक बारा घर भएका सञ्जय रायभर र सामानका धनी पर्सा घर भएका कृष्ण श्रीवास्तवलाई पक्राउ गरेको छ ।

ट्रकमा भएको प्लाष्टिक बनाउन प्रयोग हुने कच्चा पदार्थ, ब्याग बनाउन प्रयोग हुने कपडा र २ लाख बराबरको कृष्ण टेक्स्टाइल लेखिएको साटन कपडा बरामद गरिएको छ ।

सामानसहित भन्सार छलीमा संलग्न आरोपीहरुलाई आवश्यक कारवाहीका लागि राजस्व अनुसन्धान विभागमा पठाइएको एसपी बस्नेतले बताए । भन्सार छली गरेर ल्याएको सामान बल्खुस्थित कुमारी क्लबमा लुकाएर राखेको अवस्थामा प्रहरीले फेला पारेको थियो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७