जसपा विवादमा रेशम चौधरी तटस्थ


११ श्रावण २०७८, सोमबार
resham chaudhary 2 copy 6bY0NgdYFS
फाइल फोटो

काठमाडौं, ११ साउन । जनता समाजवादी पार्टी नेपाल (जसपा) को आधिकारिकता विवादमा कार्यकारिणी सदस्य रेशम चौधरी तटस्थ बसेका छन् । आज (सोमबार) दिउँसो निर्वाचन आयोगमा उपस्थित भएका उनले आफू दुबै पक्षमा नखुल्ने भन्दै तटस्थ बसेका हुन् ।

डिल्लीबजार कारोबारबाट आयोगमा उपस्थित भएका उनले केहीबेर नेताहरुसँग छलफल गरेका थिए । छलफलपछि उनले आफूलाई कुनै पक्षमा लाग्नु नरहेको भन्दै मुल पार्टी जसपा भएकाले तटस्थ बस्ने निर्णय लिएका छन् । आयोग परिसरबाट बाहिरिने क्रमममा उनले आफ्नो एक मात्र एजेण्डा न्याय, न्याय र न्याय रहेको बताए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७