गोर्खाज फाइनान्सको २४ औं शाखा बेल्टारमा खुल्यो


११ श्रावण २०७८, सोमबार
gurkhaj scaled

काठमाडौं, ११ साउन । गोर्खाज फाईनान्स लिमिटेडले आफ्नो सेवा विस्तार गर्ने क्रममा प्रदेश नं १ अन्तर्गत उदयपुर जिल्लाको बेल्टारमा २४ औं शाखा खुलेको छ ।


कार्यक्रममा प्रमुख अतिथि चौडण्डि नगरपालिका मेयर खगेन्द्र राई नेपाल राष्ट्र बैंक बिराटनगरका प्रदेश निर्देशक सत्येन्द्र तिमिल्सिना तथा गोर्खाज फाईनान्सको अध्यक्ष यादव चन्द्रराईबाट संयुक्त रुपमा उद्घाटन गरेका छन् । फाइनान्सका प्रमुख कार्यकारी अधिकृत लालबादुर थिङ गोर्खाज समुहका अध्यक्ष पुरन्जन राईलगाएको उपस्थित रहेको थियो ।

फाइनान्सले मुख्य कार्यालयसहित २४ वटा शाखाबाट देशको सातै प्रदेशमार्फत सर्वसाधारणलाई सेवा दिइरहेको छ भने विभिन्न बचत योजना सञ्चालन गरिरहेको छ । फाइनान्सले निशुल्क इन्टनेट बैकिंङ, निशुल्क डेभिट कार्ड, एबिबिएस सेवा र चेकबुक तथा स्टे्टमेण्ट सेवा दिँदै आएको छ । गोर्खाज फाइनान्स लिमिटेडको हाल सातै वटा प्रदेशमा आफ्नो शाखा सञ्जाल रहेको छ ।

फाइनान्सका शाखाहरु रवि, विर्तामोड, दमक, ईटहरी, धरान, भेडेटार धनकुटा, भोजपुर, छप्रादि सिराहा, वनेपा, विरगञ्ज, नारायणगढ, पोखरा, लखनचोक बुटवल, बिजौरी दाङ्, नेपालगञ्ज, सुर्खेत, चौमाला कैलाली तथा काठमाडौं उपत्यका भित्र डिल्लीवजार, बौद्ध, गोंगबु, न्युरोड, भक्तपुर र सातदोबाटो गरि जम्मा २३ वटा शाखाहरु संचालनमा रहेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७