हात्तीको आक्रमणबाट एकको गयो ज्यान, एक जना घाइते


११ श्रावण २०७८, सोमबार
elephant ronaldo

सर्लाही, ११ साउन । सर्लाहीमा हात्तीको आक्रमणबाट एक जनाको ज्यान गएको छ । हात्तीको आक्रमणबाट अर्का एक जना घाइते भएका छन् । हरिवन नगरपालिका–४ की ६२ वर्षीया तेतरी खातुन धुनियाको ज्यान गएको जिल्ला वन कार्यालय सर्लाहीका प्रमुख माधवप्रसाद देवले जानकारी दिए । आज (सोमवार) बिहान विवाह कार्यक्रममा जाँदै गर्दा उनलाई जङ्गली हात्तीले आक्रमण गरेको हो ।

यस्तै हात्तीको आक्रमणबाट सर्लाहीकै वागमती नगरपालिकामा एक जना घाइते भएका छन् । उनको पहिचान नखुलेको प्रहरीले जनाएको छ । घाइतेलाई उपचारका लागि नारायणी अस्पताल वीरगञ्ज पठाइएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७