खातामा रकम नभएको चेक दिएर १३ लाख बढी ठगी गर्ने महिला पक्राउ


११ श्रावण २०७८, सोमबार
sobha OYppBqXnte

काठमाडौं, ११ साउन । खातामा पर्याप्त रकम नभएको चेक दिएर ठगी गर्ने महिला पक्राउ परेकी छन् । पक्राउ पर्नेमा तनहुँको ब्याँस नगरपालिका–९ की ४५ वर्षीया शोभा गुरुङ छिन् ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोबाट फैसला कार्यान्वयन तथा फरार प्रतिवादीहरुको खोजतलास एवं प्रक्राउको लागि परिचालित प्रहरी टोलीले उनलाई ललितपुरको कुपण्डोलबाट पक्राउ गरेको हो ।

गुरुङलाई बैंकिङ कसूर (चेक बाउन्स) मुद्दामा उच्च अदालत पाटनले १३ लाख ७० हजार रुपैयाँ जरिवाना गरेको थियो । उनले आफ्नो खातामा पर्याप्त मौज्दात रकम नभएको भन्ने जानी–जानी जाहेरवालालाई झुक्यानमा पारी सानिमा विकास बैंकको चेक काटी दिई ठगी गरेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७