बुद्ध एयरको दुई जहाज आपतकालीन अवतरण, के थियो कारण ?


११ श्रावण २०७८, सोमबार
buddha air

काठमाडौं, ११ साउन । बुद्ध एयरको दुई वटा जहाज आज (सोमबार्र आपतकालीन अवतरण गरिएको छ । काठमाडौबाट धनगढीतर्फ उडेको बुद्ध एयरको जहाज आपतकालीन अवतरण भएको छ । 9N–AMD जहाज भरतपुर क्षेत्रबाट डाइभर्ट गरेर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आपतकालीन अवतरण गरिएको हो ।

buddha air 1

हाइड्रोलिक फेल भएर आपतकालीन अवतरण गर्न लाग्दा फायर भेहिकल तथा एम्बुलेन्सहरु समेत हाइ अलर्ट अवस्थामा राखिएको थियो । जहाजमा ६९ जना यात्रु सवार थिए । साँझको उडान आपतकालीन अवतरण गरिएपछि अर्को विमानमा यात्रीलाई राखेर उडाउने तयारी भइरहेको बुद्ध एयरले जनाएको छ ।

यस्तै साँझ ७ बजे बुद्धको अर्को एक जहाज पनि काठमाडौंमा आकस्मिक अवतरण गरेको छ । काठमाडौंबाट नेपालगञ्ज उडेको जहाजमा एक यात्रु बेहोस भएपछि पाइलटले जहाज काठमाडौं नै फिर्ता गरेका हुन् । सो जहाज उनलाई काठमाडौं झारेर पुनः नेपालगञ्ज उड्ने कम्पनीका एक उच्च अधिकारीले जानकारी दिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७