कक्षा ४, ७ र ९ को पाठ्यक्रम परिवर्तन हुँदै


१२ श्रावण २०७८, मंगलवार
pathyakram bikash kendra

काठमाडौं, १२ साउन । आगामी शैक्षिक सत्र २०७९ मा कक्षा ४, ७, र ९ को अनिर्वाय विषयको पाठ्यक्रम परिर्वतन हुने भएको छ ।

पाठक्रम विकास केन्द्रले कक्षा ४, ७, ९ को अनिर्वाय अंग्रेजी, नेपाली, गणित र सामाजिक अध्ययन र स्वास्थ्य तथा शारीरिक शिक्षाको पुस्तक तयार गरेको छ । केन्द्रले त्यसका लागि सातै प्रदेशका ७६ विद्यालयमा परीक्षण शुरु गरेको छ ।

केन्द्रका महानिर्देशक अणप्रसाद न्यौपानेले साते प्रदेशका छनोटमा परेका विद्यालयमा परीक्षण शुरु गरिएको जानकारी दिनुभयो । केन्द्य्रले एक सातादेखि छनोटमा परेका विद्यालयमा पुस्तक पुर्‍याउने काम शुरु गरेको छ ।

तीन वटै कक्षाको पुस्तक जनक शिक्षा सामग्री केन्द्र लिमिटेडमा छपाइ गरिएको हो । जनक शिक्षाका प्रबन्ध सञ्चालक अनिलकुमार झाले कक्षा ९ बाहेक कक्षा ४ र ७ को पुस्तक तोकिएका प्रदेशका जिल्लास्थित विद्यालयमा पठाइएको जानकारी दिए । नेपाल समाचारपत्र दैनिकबाट

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७