पाँच प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह


१२ श्रावण २०७८, मंगलवार
raining

काठमाडौं, १२ साउन । मनसुनी न्यून चापीय रेखा नेपालको पश्चिमी तराई भू–भाग नजिक रहेका कारण नेपालमा पुनः मनसुन सक्रिय भएको मौसमविदले बताएका छन् ।

आज (मंगलबार) बिहान देशभर सामान्यदेखि पूर्ण बदलीको अवस्था रहेको मौसमविदले जानकारी दिएका छन् । प्रदेश–१, वागमती र गण्डकी प्रदेशका केही तथा अन्य प्रदेशहरुका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।

आज दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । प्रदेश–१, वागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।

विभागले आज राति देशभर सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जनाएको छ । गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।

देशभर धेरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षा तथा प्रदेश–१, वागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा भारी वर्षाको सम्भावना रहेकाले पहाडी भू–भागमा भूक्षय, पहिरो तथा गेग्रान बहावको जोखिम रहेको छ । नदीनाला र खहरे खोलामा पानीको सतह बढ्न सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन विभागले आग्रह गरेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७