कांग्रेस पदाधिकारी बैठक बस्दै, यी हुन् मुख्य एजेण्डा


१२ श्रावण २०७८, मंगलवार
congress

काठमाडौं, १२ साउन । प्रमुख सत्तारुढ दल नेपाली कांग्रेसको पदाधिकारी बैठक आज (मंगलबार) बस्दै छ । प्रधानमन्त्री समेत रहेका पार्टी सभापति शेरबहादुर देउवाको निजी निवास बूढानीलकण्ठमा बिहान ९ बजे बस्ने पदाधिकारी बैठक आसन्न १४ औं महाधिवेशनमा केन्द्रित हुने नेताहरुले जानकारी दिएका छन् ।

क्रियाशील सदस्यता विवादका कारण कांग्रेस केन्द्रीय कार्यालय सानेपामा कार्यकर्ता धर्ना र आमरण अनसनमा बसेका छन् । कांग्रेसले क्रियाशील सदस्यता विवाद हालसम्म हल गर्न सकेको छैन ।

बैठकमा क्रियाशील सदस्यता छानबिन गर्न गठित समितिले प्रतिवेदन बुझाउने तयारी छ । रमेश लेखक नेतृत्वको केन्द्रीय क्रियाशील छानबिन समितिले झण्डै ५ महिना लगाएर प्रतिवेदन तयार पारेको छ । त्यस्तै १४ औं महाधिवेशनको तयारी र वडा अधिवेशनबारे छलफल हुने पार्टीका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिएका छन् ।

कांग्रेसले यसअघि आजदेखि तय गरेको वडा अधिवेशन भने स्थगित भएको छ । कांग्रेसको महाधिवेशन भदौ १६ देखि १९ गतेसम्म काठमाडौंमा गर्ने कार्यतालिका छ ।

आजको बैठकमा रमेश लेखक नेतृत्वमा रहेको केन्द्रीय क्रियाशील छानबिन समितिले प्रतिवेदन बुझाउने बताइएको छ । देशभरका १२५ वडामा क्रियाशील सदस्यता विवाद रहेको छ । साउन १२ गतेका लागि तय भएको वडा अधिवेशन स्थगित भइसकेको छ । यद्यपि, केन्द्रीय अधिवेशन भने निर्धारित मितिमै गर्ने कांग्रेसले बताएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७