रवीन्द्र मिश्रको धारणा राष्ट्रियता र संविधानविरोधी : जनजाति महासंघ


१२ श्रावण २०७८, मंगलवार
Jagat Baram

काठमाडौं, १२ साउन । नेपाल आदिवासी जनजाति महासंघले संघीयता खारेजी र धर्म निरपेक्षाताबारे जनमत संग्रह गरिनुपर्ने विवेकशील साझा पार्टीका अध्यक्ष रवीन्द्र मिश्रको प्रस्ताव राष्ट्रियता र संविधानकै विरुद्ध रहेको ठहर गरेको छ ।

मिश्रले संघीयता र धर्मनिरपेक्षताबारे धारणा सार्वजनिक गरेकै दिन सोमबार महासंघका अध्यक्ष जगतबहादुर बरामले विज्ञप्ति जारी गरी तीव्र विरोध गरेका हुन् । ‘मुलुकलाई अग्रगामी ढंगले आधुनिक नेपाल बनाउने परिकल्पना गर्ने भनिएको राजनीतिक दलको शीर्षस्थ नेतृत्वमा रहेर यस्ता खाले अभिव्यक्ति दिनु गैरसंवैधानिक, गैरराजनैतिक र सामाजिक सद्भाव भड्काउने राष्ट्रियताविरोधी भएको नेपाल आदिवासी जनजाति महासंघको ठहर छ,’ विज्ञप्तिमा भनिएको छ, ‘यस्ता खाले राष्ट्रियता र संविधानविरोधी अभिव्यक्तिप्रति हामी निन्दासहित घोर आपत्ति प्रकट गर्दछौं ।’

साथै यसरी ‘संविधान, राष्ट्रियता, गणतन्त्र, संघीयता, धर्मनिरपेक्षता, समानुपातिक समावेशी सिद्धान्त र नेपाली जनताको विरुद्ध’ मा लाग्ने जोकसैलाई पनि कारबाहीको दायरामा ल्याउन महासंघले सरकारसँग माग समेत गरेको छ । महासंघले अगाडि चेतावनी दिएको छ, ‘अन्यथा भएमा नेपाली जनताले कारबाही गर्ने बेहोरा व्यक्त गर्दछ ।’

हेर्नुस्, विज्ञप्ति

janajati mahasangh QmEwMZQRtd

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७