देउवा–प्रचण्ड भेटवार्ता, सरकार विस्तारबारे छलफल


१२ श्रावण २०७८, मंगलवार
prachanda deuwa 1
फाइल फोटो

काठमाडौं, १२ साउन । प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच आज (मंगलबार) बिहान भेटवार्ता भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा दुई नेताबीचको भेटमा मन्त्रिपरिषद विस्तारबारे छलफल भएको हो ।

यस्तै सरकार सञ्चालन सम्बन्धी कार्यदल गठनबारे समेत छलफल भएको बताइएको छ । शेरबहादुर देउवा नेतृत्वको सरकारलाई विश्वासको मत दिएको माओवादी केन्द्र पनि सरकारमा सहभागी छ । जनार्दन शर्माको नेतृत्वमा माओवादी सरकारमा सहभागी बनेको हो ।

तर गठबन्धनको अर्को दल जनता समाजवादी पार्टीको विवाद सल्टिएसँगै उक्त पार्टी पनि सरकारमा सहभागी हुने तयारीमा छ । सोमबार जसपाका अध्यक्ष उपेन्द्र यादवले आफूहरु छिट्टै सरकारमा सहभागी हुने बताएका थिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७