करेन्ट लागेर महिलाको मृत्यु


१२ श्रावण २०७८, मंगलवार
current

अर्घाखाँची, १२ साउन । बिजुलीबाट चल्ने मिल चलाउने क्रममा एक जनाको करेन्ट लागेर मृत्यु भएको छ । छत्रदेव गाउँपालिका–६, ठुलापोखराका ४८ वर्षीया कमला रानाको आफ्नै घरमा रहेको बिजुलीबाट चल्ने मकै पिस्ने जाँतो चलाउने क्रममा करेन्ट लागेर घाइते भएकी थिइन् ।

जिल्ला अस्पताल अर्घाखाँचीमा उपचारको क्रममा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक गणेश खनालले जानकारी दिए । शव पोस्टमार्टम पश्चात आफन्तको जिम्मा लगाइएको र थप अनुसन्धान भईरहेको उनले जानकारी दिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७