उत्तर र दक्षिण कोरियाबीच सम्बन्ध सुधार्ने सहमति भएपछि हटलाइन पुनः सुचारु


१२ श्रावण २०७८, मंगलवार
kimandmoon111 at223ag04P

काठमाडौं, १२ साउन । उत्तर कोरिया र दक्षिण कोरियाबीच हटलाइन पुनः सुरुवात गर्ने सम्झौता भएको छ । गत वर्ष जुन महिनामा दक्षिण कोरियासँग विवाद बढेपछि उत्तर कोरियाले हटलाइन सेवा बन्द गरिदिएको थियो ।

दक्षिण कोरियाको राष्ट्रपति कार्यालयका अनुसार दुवै राष्ट्रका प्रमुखले यतिबेला सम्बन्ध सुधार्न सहमति जनाएपछि हटलाइन सुचारु हुने भएको हो । कार्यालयका अनुसार उत्तरका सर्वोच्च नेता किम जोङ उन र दक्षिणका राष्ट्रपति मुन जाय इनबीच अप्रिलयता कयौंपटक पत्रमार्फत् विचार आदान–प्रदान भएको छ ।

उत्तर र दक्षिण कोरियाबीच एक बैठक असफल भएपछि दुवै देशको सम्बन्ध खराब विन्दुमा पुगेको थियो । त्यसपछि गतवर्षको जुनमा उत्तर कोरियाले हटलाइन सेवा बन्द गर्ने फैसला गरेको थियो । हटलाइन सेवा यस्तो सेवा हो जसको माध्यमबाट यी दुवै देशका नेताले सिधै एकअर्कालाई सम्पर्क गर्न सक्छन् । बीबीसी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७