ओली बालुवाटारबाट बार्दलीमा पुगे, देउवालाई मनपरी गर्ने छुट छैन : गगन थापा


१२ श्रावण २०७८, मंगलवार
gagan thapa

काठमाडौं, १२ साउन । नेपाली कांग्रेसका सांसद गगन थापाले आफ्नो स्वेच्छाचारी र प्रतिगामी कदमका कारण तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली बालुवाटारबाट बार्दलीमा पुगेको बताएका छन् ।

आज (मंगलबार) बसेको प्रतिनिधिसभाको बैठकको शून्य समयमा बोल्ने क्रममा थापाले ओलीले जस्तै स्वेच्छाचारी गतिविधि नगर्न प्रधानमन्त्री शेरबहादुर देउवालाई सचेत गराएका छन् ।

‘जनताको आदेशविपरीत मनपरी गर्दा, स्वेच्छाचारी कदम चालेर प्रतिगमन गरिरहँदा ओली अहिले बालुवाटारबाट बार्दलीमा पुगेका छन्’, थापाले भने, ‘यो सरकारलाई ओलीको जस्तो मनपरी गर्ने छुट छैन। प्रधानमन्त्री देउवाले त्यसो गर्न पाउनु हुने छैन । सरकार यो संसदसँग डराउनु पर्छ । संसद सरकारसँग डराउने होइन । सरकारलाई संसदले खबरदारी गरिरहनु पर्छ ।’

अहिले देउवाको मात्रै नभएर सभामुख अग्नि सापकोटाको पनि परीक्षणको समय रहेको उनले बताए । ‘अहिलेको परीक्षा प्रधानमन्त्रीको मात्रै होइन सभामुख पनि हुँदैछ’, उनले भने, ‘सभामुख र हाम्रो कर्मले संसदप्रति गुमेको विश्वास जगाउनु छ । सरकारले पनि ओलीको जस्तो गल्ती नगरोस् ।’

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७