एउटा गफाडी सरकार बिदा गर्‍यौं, अर्को पनि उस्तै हुने चिन्ता भो : सांसद महत


१२ श्रावण २०७८, मंगलवार
gajendra mahat 7kP1uOMOlg

काठमाडौं, १२ साउन । नेकपा माओवादी केन्द्रका सांसद गजेन्द्र महतले एउटा गफाडी सरकार बिदा भए पनि अर्को गफाडी सरकार आइ लागेको टिप्पणी गरेका छन् । आज (मंगलबार) को प्रतिनिधिसभाको बैठकको शून्य समयमा बोल्दै उनले यस्तो भनेका हुन् ।

‘एउटा गफाडी सरकारलाई बिदा गर्‍यौं, अर्को सरकार पनि गफाडी हुने हो कि चिन्ता भएको छ’, उनले भनेका छन्, ‘सरकारको गफले हामीलाई जनतामाझ मुख देखाउन पनि समस्या भएको छ । सांसदको लोगो लुकाएर, मुख लुकाएर हिँड्नु परेको छ ।’

ऊर्जा मन्त्री पम्फा भुसालले निःशुल्क बिजुली दिने घोषणा गरेको कुरामा उनले कटाक्ष गरेका छन् । ‘जनताले पैसा तिर्दा त विजुली बाल्न पाइएको छैन भने निःशुल्क बिजुली दिने गफ नगरौं’, उनले भने, ‘हामी सांसदहरु अगुल्टाले हानेको कुकुर बिजुली चम्किँदा तर्से जस्तो भएका छौं । मन्त्री र सरकारको अनावश्यक गफले हामी सांसदहरु लोगो लुकाएर हिंड्नु परेको छ ।’

भिडियाे

https://youtu.be/cr1ZetWXuVQ

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७