माओवादी स्थायी कमिटी बैठक जारी, सरकारमा पठाउने नेताको नामबारे छलफल


१२ श्रावण २०७८, मंगलवार
Mao

काठमाडौं, १२ साउन । नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक बसेको छ । पार्टी कार्यालय पेरिसडाँडामा जारी बैठकमा सरकारमा सहभागिताबारे छलफल हुने जनाइएको छ ।

बैठक बस्नुअघि अध्यक्ष प्रचण्डले आज प्रधानमन्त्री शेरबहादुर देउवा र एमाले वरिष्ठ नेता माधवकुमार नेपालसँग भेटेका थिए । उनले नेपालसँग सरकारमा सहभागी हुन र देउवालाई मन्त्रिपरिषद विस्तार गर्नेबारे कुरा गरेका थिए । माओवादी केन्द्रबाट सरकारमा दुई मन्त्री सहभागी छन् । बैठकले माओवादीबाट सरकारमा जाने अन्य नामबारे टुंगो लगाउने सक्ने एक नेताले बताए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७