नयाँ ब्रान्डका ‘इको प्यानल’ बजारमा आउँदै


१२ श्रावण २०७८, मंगलवार
eco pannel 3

काठमाडौं, १२ साउन । नेपाल इको प्यानल ब्राण्डका इको प्यानल चाँंडै नै बजारमा आउने भएको छ । अवको दुई हप्ताभित्र बजारमा आउने गरी इको प्यानलको उत्पादन हुने गरी तीव्र गतिमा काम भइरहेको कम्पनीले जनाएको छ ।

त्यसका लागि अहिले अन्तिम तयारी भइरहेको नेपाल इको प्यानलका प्रमुख कार्यकारी अधिकृत (सीईओ) इन्जिनियर कृष्णभक्त दुवालले जानकारी दिए । उनले भने, ‘अवको दुईहप्ताभित्रै हामीले उत्पादन थाल्ने योजना राखेका छौं ।’

कम्पनीको कारखाना भक्तपुरको झौखेलमा रहेको छ । भक्तपुरको चाँंगुनारायण नगरपालिका झौखेलको १० रोपनी जमिन लिजमा लिई अहिले त्यहाँं कारखान राखिएको थियो । कम्पनीले यस अगाडि नै सामान उत्पादन गर्ने योजना राखेको थियो । तर लकडाउनका कारण केही ढिला भएको कम्पनीले जनाएको छ । झण्डै दस करोड लगानीमा सञ्चालन हुने लागेको यो नेपालकै ठूलो इको प्यानल उत्पादन कम्पनी हुने जनाइएको छ ।
उद्योगले विभिन्न इको प्यानलहरुको उत्पादन गर्ने जनाइएको छ । इपीएस, बालुवा, सिमेन्ट र दुईतिर क्याल्सिएम सिल्केट बोर्ड राखेर इको प्यानल उत्पादन हुने जनाइएको छ । साथै कम्पनीले नेपालमै पहिलो पटक इनोभेटिभ इको प्यानल एरेटेड स्यानवीच इको प्यानल (दुईतिर साढे चार एमएमको क्याल्सिएम सिल्केट वोर्ड र वीचमा बालुवा सिमेन्ट र विशेष प्रकारको हलुका बनाउने केमिकल मिसाएर) बनाइने दावी गरेको छ । जसलाई चलनचल्तीको भाषामा एरेटेड स्यानवीच इको प्यानल पनि भनिन्छ । कम्पनीले निकट भविष्यमा यूपीभीसीका झयालढोका पनि उत्पादन गर्ने जनाएको छ ।

  • eco pannel 2
  • eco pannel 4
  • eco pannel 1

इको प्यानल उद्योगका धेरै विशेषताहरुमध्ये एउटा विशेषता क्लिन इनर्जीको मात्रै प्रयोग हुने जनाइएको छ । इको प्यानल उत्पादनका लागि शतप्रतिशत क्लिन इनर्जी मात्रै प्रयोग गर्ने कम्पनीले जनाएको छ । अर्थात् इको प्यानलको उत्पादनमा डिजेललगायतका प्रयोग नगरी विद्युतको मात्रै प्रयोग गर्ने जनाएको हो ।

कम्पनीको वार्षिक क्षमता पाँंच लाख वर्ग मिटर इको प्यानल उत्पादन गर्ने रहेको जनाइएको छ । सस्टेनेवलिटी इन कन्सटक्सन टेक्नोलोजी (निर्माण प्रविधिमा दीगोपना) नाराका साथ कम्पनीले आफनो उत्पादन थाल्ने जनाएको छ ।

इको प्यानल भनेको बाहिरी तथा भित्री पार्टेशन वालको रुपमा प्रयोग हुने निर्माण सामाग्री हो । निर्माण सामाग्रीको दुनियाँंमा पछिल्ला वर्षहरुमा विभिन्न नयाँंनयाँं निर्माण सामाग्रीहरु उत्पादन भइरहेका छन् । यस क्रममा इको प्यानल पनि एक हो । इटाको विकल्पमा भित्री तथा वाहिरी पार्टेशन वालको रुपमा इको प्यानलको प्रयोग हुन्छ । हलुका, भूकम्प प्रतिरोधी हुनुलगायतका कारण पछिल्ला समय इको प्यालनको लोकप्रियता वढ्दो छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७