पूर्व सभामुख महरालाई उच्च अदालतबाट पनि सफाइ


१२ श्रावण २०७८, मंगलवार
krishna bahadur mahara
फाइल फोटो

काठमाडौं, १२ साउन । पूर्व सभामुख कृष्णबहादुर महराले जबरजस्ती करणी उद्योग मुद्दामा उच्च अदालतबाट पनि सफाइ पाएका छन् । उच्च अदालतले उनीविरुद्धको मुद्दाको सुनुवाइ गर्दै मंगलबार काठमाडौं जिल्ला अदालतले गरेको फैसलालाई नै सदर गरेको हो ।

उच्च अदालत पाटनका न्यायाधीश माधवप्रसाद पोखरेल र विमल सुवेदीको इजलासले महरा विरुद्धको मुद्दामा काठमाडौं जिल्ला अदालतको फैसला सदर गर्ने फैसला गरेको हो । महराको मुद्दाको सुनुवाइ गर्दै उच्च अदालत पाटनले काठमाडौं जिल्ला अदालतको फैसला सदर गरेको अदालतकी प्रवक्ता अमृता शर्माले जानकारी दिएकी छिन् । ‘जिल्लाले जे फैसला गरेको थियो सोही फैसला सदर भएको छ,’ उनले भनिन् ।

सभामुख रहेका बेला संसद् सचिवालयमा काम गर्ने कर्मचारीलाई जबरजस्ती करणी उद्योग गरेको भन्दै महराविरुद्ध मुद्दा दायर भएको थियो । उक्त आरोप लागेपछि २०७६ असोज १४ गते उनले सभामुखबाट राजीनामा दिनुपरेको थियो भने असोज १९ गते उनि सभामुखको सरकारी निवासबाट पक्राउ परेका थिए । उनी ५ महिना पूर्पक्षका लागि कारागारमा रहेका थिए । महरालाई २०७६ फागुन ५ गते काठमाडौं जिल्ला अदालतले सफाइ दिएको थियो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७