दैनिक ५ हजार रुपैयाँ दिएर यौन धन्दामा लगाइएका १० जनाको उद्धार


१२ श्रावण २०७८, मंगलवार

चितवन, १२ साउन । चितवनको राप्ती नगरपालिका–७ स्थित एउटा होटलमा दैनिक पाँच हजार रुपैयाँ दिएर यौन धन्दामा लगाइएका १० जनाको उद्धार गरिएको छ ।

साउन ११ गते उक्त ठाउँमा रहेको रक्षा होटलका सञ्चालकले होटलको केही टाढा घर भाडामा लिई महिला तथा बालबालिकालाई यौन धन्दामा लगाएको सुराकी पाएपछि ईलाका प्रहरी कार्यालय भण्डारा र थ्रि एन्जल्स् नेपाल हेल्पडेक्स लोथरको समन्वयमा १० जनालाई उद्धार गरिएको जनाइएको छ ।

पीडित महिला तथा बालबालिकाले दैनिक पाँच हजार रुपैयाँका दरले रकम दिने कुराकानी भएअनुसार यौनधन्दा गर्दै आएको बताएको पनि थ्रि एन्जल्स्का प्रतिनिधिले जानकारी दिए । पीडित महिला तथा बालबालिकाहरु सिन्धुपाल्चोक, दोलखा, धादिङ, काठमाडौं जिल्लाका रहेको र यौन धन्दाका लागि चितवन जिल्लाको विभिन्न होटलहरुमा परिचालन गर्दै आएको बताइएको छ ।

हाल उनीहरुलाई कानुनी परामर्श तथा थप सोधपुछका लागि ईलाका प्रहरी कार्यालय भण्डारामा राखिएको र पारिवारिक पुनर्मिलनका लागि थ्रि एन्जल्स् नेपाल हेल्पडेक्स लोथरले समन्वय गरिरहेको जनाइएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७