गण्डकीमा पृथ्वीमान, लुम्बिनीमा अमिक शेरचन र प्रदेश–२ मा तिलक परियार प्रदेश प्रमुख बन्दै


१२ श्रावण २०७८, मंगलवार
deuwa cabinet 1

काठमाडौं, १२ साउन । सरकारले मंगलबार गण्डकी र लुम्बिनी प्रदेशका प्रदेश प्रमुख परिवर्तन गर्ने भएको छ ।
गण्डकीकी प्रदेश प्रमुख सीता पौडेललाई हटाएर पृथ्वीमान सिंह गुरुङलाई सिफारिस गर्ने तयारी भएको स्रोतले जानकारी दिएको छ ।

त्यस्तै लुम्बिनी प्रदेशका प्रदेश प्रमुख धर्मनाथ यादवलाई हटाएर अमिक शेरचनलाई सिफारिस गर्ने तयारी भएको स्रोतको दावी छ । दुवै प्रदेश प्रमुखको नाम सिफारिसका लागि मंगलबार अपरान्ह मन्त्रिपरिषदको बैठक बसेको छ । प्रदेश प्रमुखको नियुक्ति सरकारको सिफारिसमा राष्ट्रपतिले गर्ने संवैधानिक व्यवस्था छ ।

प्रदेश–२ को प्रमुखमा तिलक परियारलाई सिफारिस गर्ने निर्णय गरेको छ । प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिबाट नियुक्त हुने प्रदेश प्रमुखका लागि माओवादी केन्द्रले दुई जनाको नाम सिफारिस गरेको हो ।

सरकारले तीन प्रदेश प्रमुखलाई हटाएर नयाँ नियुक्ति गर्ने तयारी गरेपछि सत्तारूढ माओवादी केन्द्रले दुई जनाको नाम सरकारलाई सिफारिस गर्ने निर्णय गरेको हो । ओली सरकारले हटाएका शेरचन र परियारलाई पुरानै ठाउँमा नियुक्तिका लागि आग्रह गर्ने माओवादी केन्द्रले जनाएको छ ।

नेकपा एक हुँदा माओवादीको पक्षबाट सिफारिस भएका गण्डकी प्रदेशसभाका प्रमुख शेरचन र प्रदेश नम्बर–२ का प्रदेश प्रमुख परियारलाई सर्वोच्चको आदेशबाट पार्टी विभाजन भएपछि तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले हटाएका थिए । अहिले उनीहरूलाई पुरानै स्थानमा नियुक्तिका लागि माओवादी केन्द्रले सिफारिस गरेको हो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७