त्रिभुवन विमानस्थलबाट एक किलो सुन बरामद, भरिया पनि पक्राउ


१२ श्रावण २०७८, मंगलवार
gold seiz TIa nepal CtSbWMkUqO

काठमाडौं, १२ साउन । त्रिभुवन विमानस्थल सुरक्षा प्रहरीले करिब एक करोड रुपैयाँ बराबरको एक किलो अवैध सुन बरामद गरेको छ । उक्त सुन ल्याउन प्रयोग गरिएका भरियालाई पनि प्रहरीले पक्राउ गरेको छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा प्रहरी टोलीले एक हजार १६५ ग्राम सुनसहित गोरखा घर भएका पदम परियारलाई मंगलबार पक्राउ गरेको हो । उनी हिमालयन एयरको उडानमा दुबईबाट काठमाडौं आएका थिए । विमानस्थल प्रहरी प्रमुख एसएसपी राजेशनाथ बाँस्तोलाका अनुसार परियारले कफी मेकरको उपकरण बनाएर उक्त सुन ल्याएको भेटिएको छ । शंका लागेर चेकजाँच गर्ने क्रममा सुन बरामद भएको बाँस्तोलाले बताए ।

परियारले उक्त सुन दुबईमा बस्दै आएका राजु केसीले पठाएको बयान दिएको बाँस्तोलाले जानकारी दिए । बाँस्तोलाले पठाउनेको पहिचान भइसकेको बताउँदै काठमाडौंमा जिम्मा लिनेको पनि खोजी भइरहेको बताएका छन् । प्रहरीले सुनसहित कारबाहीका लागि परियारलाई विमानस्थल भन्सार कार्यालयमा पठाएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७