देउवा र अमेरिकी विदेशमन्त्रीबीच फोनवार्ता, एमसीसीबारे पनि छलफल


१३ श्रावण २०७८, बुधबार
Deuba and Blincon1627402548

काठमाडौं, १३ साउन । प्रधानमन्त्री शेरबहादुर देउवा र अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनबीच टेलिफोन संवाद भएको छ । मंगलबार साँझ प्रधानमन्त्री देउवा र अमेरिकी विदेशमन्त्री ब्लिन्केनबीच भएको फोन संवादमा द्विपक्षीय सम्बन्ध तथा सहकार्यका विषयमा कुराकानी भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार देउवा र अमेरिकी विदेशमन्त्रीबीच अमेरिकी सहयोग सम्बन्धी परियोजना एमसीसीका सम्बन्धमा पनि कुराकानी भएको छ । नेपालले विकास प्राथिमकतासँगै एमसीसीबारे पनि कुराकानी भएको परराष्ट्र मन्त्रालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । तर, त्यस सम्बनधमा के कुराकानी भयो भन्ने खुलाइएको छैन ।

त्यस क्रममा देउवाले नेपालको सामाजिक तथा आर्थिक विकासमा अमेरिकाले गर्दै आएको सहयोगप्रति आभार व्यक्त गरेको परराष्ट्र मन्त्रालयले जनाएको छ । अमेरिकी विदेशमन्त्री ब्लिन्केनले पनि ट्वीटमार्फत देउवासँग कुरा गर्न पाएकोमा खुशी व्यक्त गरेका छन् । उनले देउवा र आफूबीच अमेरिका–नेपालको सहकार्यलाई अघि बढाउने सम्बन्धमा छलफल भएको जनाएका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७