विद्यालयकै सिफारिसमा गैरशिक्षकलाई खोप


१३ श्रावण २०७८, बुधबार
korona khop 1

इलाम, १३ साउन । इलाम सदरमुकामस्थित आर्दश माविका प्रधानध्यापक कुमार पौडेलको लिखित सिफारिसमा विन्दिका श्रेष्ठ र कल्पना श्रेष्ठ मंगलबार इलाम नगरपालिका–७ को सिटी हल खोप केन्द्रमा खोप लगाए ।

प्रध्यानध्यापक पौडेलकै हस्ताक्षर, छापा र विद्यालयको छाप समेत रहेको दुवै जनाको फरक–फरक सिफारिसपत्रमा निजी स्रोत शिक्षक उल्लेख छ । तर उनीहरु दुवै विद्यालयका शिक्षिका होइनन् । विद्यालयले यसअघि स्वास्थ्य कार्यालयलाई पठाएको खोप लगाउने ५२ शिक्षक र कर्मचारीको सूचीमा पनि उनीहरुको नाम छैन ।

स्वास्थ्य कार्यालयको तालिकाअनुसार मंगबार ५५ वर्षभन्दा माथिका नागरिकले मात्र खोप लगाउनुपर्ने हो । दिउँसो ३ बजेसम्ममात्र खोप लगाउने गरिएकामा आर्दश माविका केही शिक्षक समय बितेपछि खोप केन्द्र प्रवेश गरेका थिए । ‘स्कुलको सिफारिस पत्र देखाएपछि हामीले खोप लगाइदियौं,’ एक स्वास्थ्य कार्यकर्ताले भने, ‘यहाँका एक जनप्रतिनिधि समेतले उनीहरुलाई खोप लगाउन भनेपछि नलगाउने पनि कुरा भएन ।’ नागरिक दैनिकबाट

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७