टोकियो ओलम्पिक : नेपालकी पौडी खेलाडी गौरिका सिंहले आज प्रतिस्पर्धा गर्दै


१३ श्रावण २०७८, बुधबार
Gaurika Singh

काठमाडौं, १३ साउन । टोकियो ओलम्पिकमा नेपालकी पौडी खेलाडी गौरिका सिंहले आज (बुधबार) प्रतिस्पर्धा गर्दैछिन् । गौरिकाले महिलाको १ सय मिटर फ्री–स्टाइलमा प्रतिस्पर्धा गर्नेछिन् ।

गौरिकाको खेल नेपाली समय अनुसार दिउँसो पौने ४ बजे शुरु हुनेछ । गौरिका हिट वानमा रहेकी छिन् । यस हिटमा नेपालसहित नाइजेरिया, मोन्टेनेग्रो र गुवामका खेलाडी रहेका छन् । सिंह १३ औं दक्षिण एसियाली खेलकुद सागकी स्वर्ण विजेता पनि हुन् ।

टोकियो ओलम्पिकमा पौडीबाट सहभागी नेपालका एलेक्जेण्डर शाह एलेक्सले पुरुषको १ सय मिटर फ्री–स्टाइलमा राष्ट्रिय कीर्तिमान बनाएका छन् । तर, उनी हिट चरणबाटै बाहिरिएका छन् । पाँचौ दिनका खेल सकिँदा आयोजक जापानले अग्रता बनाएको छ । अमेरिका र चीनलाई उछिन्दै जापान १० स्वर्ण पदकसहित तालिकाको शीर्ष स्थानमा छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७