ट्रकले ठक्कर दिंदा दम्पतीको मृत्यु


१३ श्रावण २०७८, बुधबार
accident 6il842ic318ttv9z9ed983337ajqboj0bo7p3g9ny9c

झापा, १३ साउन । झापामा सवारी दुर्घटनामा परी होटल व्यवसायी दम्पतीको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार मंगलबार राति सवा १० बजे पूर्व–पश्चिम राजमार्गको दमक नगरपालिका–४ मा भएको दुर्घटनामा परी मोटरसाइकल चलाइरहेका कन्काई नगरपालिका–३ सुरुङ्गाका पूर्णबहादुर विष्ट र मोटरसाइकलमा पछाडि बसेकी उनकी पत्नी भीमाको मृत्यु भएको हो ।

पश्चिमबाट पूर्वतर्फ आइरहेको प्रदेश २–०३–०१३ प ४७८७ नम्बरको मोटरसाइकललाई विपरीत दिशाबाट आएको ना ४ ख ८७३० नम्बरको मालवाहक ट्रकले ठक्कर दिएको थियो ।

दुर्घटनामा घाइते भएका दम्पतीलाई दमकस्थित लाइफलाइन अस्पताल लगिए पनि चिकित्सकले मृत घोषित गरेका थिए । ठक्कर दिने चालक विराटनगर–४ का ४८ का सुजन थापालाई अस्थायी प्रहरी पोस्ट ताराबारीले ट्रकसहित नियन्त्रणमा लिएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७