अफगानिस्तान द्वन्द्व : एक सातामा १५ सय तालिवान मारिएको सेनाको दावी


१३ श्रावण २०७८, बुधबार
taliban fighters 356 Tjd3KRVi98

काठमाडौं, १३ साउन । अफगानिस्तानमा गएको एक सातामा देशभर चलाइएको सैन्य अभियानमा एक हजार पाँच सय भन्दा बढी तालिवान विद्रोही मारिएको त्यहाँको राष्ट्रिय प्रतिरक्षा तथा सुरक्षा बल (एएनएसएफ) जनाएको छ । कारबाहीमा ८ सय भन्दा बढी विद्रोही घाइते भएका छन् ।

एएनएसएफका प्रवक्ता सैनिक जनरल अजमल ओमार शिन्वाराईका अनुसार २० प्रान्तमा सञ्चालन गरिएको सैनिक अभियानका क्रममा एक हजार ५२८ लडाकु मारिएका हुन् । यस क्रममा १६ लडाकुलाई नियन्त्रणमा लिइएको प्रवक्ता शिन्वाराईलाई उद्धृत गरी खामा प्रेसले जानकारी गराएको छ ।

सेनाले गतहप्ताभरी स्थल, हवाई र तोपको सहयोगमा सैनिक कारबाही चलाएको थियो। विद्रोहीले यस अवधिमा १४ सर्बसाधारणको हत्या गरेको र ३० लाई घाइते पारेको पनि खामा प्रेसद्वारा सम्प्रेषित समाचारमा उल्लेख छ ।

सेनाको यो भनाई अफगानी तालिवान समूहले विभिन्न प्रान्तका सदरमुकाम तथा जिल्लाहरूमा पुनः कब्जा गरेको भनाई आइरहेको समयमा आएको हो । अफगानिस्तानबाट अमेरिकी सेना फिर्ता हुने तयारी चलिरहेका समय तालिवान समूहले देशभर आक्रमण गरी आफ्ना गुमेका पूराना प्रभाब क्षेत्रलाई नियन्त्रण गरिरहेको समाचारहरू विभिन्न स्थानीय तथा अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले दिएका छन् ।

सेनाले भने तालिवान समूह प्रतिरक्षात्मक अवस्थामा नरहेको देशैभर निकै कमजोर बनेको दावी गरेको छ । यसैबीच सेनाको कारबाहीको दावीलाई एकपक्षीय भन्दै यसलाई पत्याउने कुनै आधार नरहेको भन्दै मारिएका भनिएका व्यक्ति आफ्नो समूहको नभएको दावी तालिवान विद्रोहीले गरेको छ । सेनाले आफ्नो सैनिक दस्तालाई मनोवैज्ञानिकरूपमा बल पुगोस भनी उक्त भ्रमपूर्ण प्रचार गरेको दावी तालिवान समूहको छ । एजेन्सी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७