राष्ट्रपति भण्डारीले पहिलो युद्ध संग्रहालयको उद्घाटन गर्दै


१३ श्रावण २०७८, बुधबार
yuddha sangahalaya1627434312

सिन्धुलीगढी, १३ साउन । राष्ट्रपति विद्यादेवी भण्डारीले आज (बुधबार) सिन्धुलीगढीमा रहेको नेपालकै पहिलो सिन्धुलीगढी युद्ध संग्राहलयको उदघाटन गर्दैछिन् । नेपाली सेनाले एकीकरण मार्गको चाहना राष्ट्रिय एकताको भावना भन्ने मुल नाराका साथ एकीकरण मार्ग अन्तर्गतका इतिहास र एैतिहासिक धरोहरको संरक्षण र संवर्द्धन गर्दै आएकोमा युद्ध कला संग्रहालय एक रहेको छ ।

कमलामाई नगरपालिकासँगको सहकार्यमा निर्माण सम्पन्न सिन्धुलीगढी युद्ध संग्रहालय निर्माण भएको हो । २४ कात्तिक ०७६ मा उपप्रधान तथा रक्षा मन्त्रीले शिलान्यास गरी निर्माण कार्य प्रारम्भ भएको थियो । ६ करोड ५० लाखको लागत र करिब डेढ वर्षको अवधिमा सम्पन्न भएको संग्रहालय ६ हजार २७५ स्क्वायर फिटमा फैलिएको छ ।

221221111 964287017687565 7326048336610551861 n

२५ असोज १८२४ मा आधुनिक नेपालका प्रणेता राष्ट्रपिता पृथ्वीनारायण शाहको राजनैतिक सोच साथै सैनिक कुशलताका कारण शक्ति सम्पन्न ईष्ट इण्डिया कम्पनीको विशाल फौजलाई विफल पारिएपछि नेपाल एकीकरण सम्भव भएको थियो ।
संग्रहालयमा लोपोन्मुख तथ्यपरक ऐतिहासिक घटनाक्रम, वीर योद्धाको परिचय र तत्कालीन समयमा प्रयोग भएका हातहतियार राखिएका छन् ।

217395914 216604423724925 732764605171711413 n

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७