पदमुक्त लुम्बिनी प्रदेश प्रमुख यादवको बिदाइ


१३ श्रावण २०७८, बुधबार
one 3LyzhCkVeb

रुपन्देही, १३ साउन । संघीय सरकारले पदमुक्त गरेका लुम्बिनी प्रदेशका प्रमुख धर्मनाथ यादवलाई बुधबार प्रदेश सरकारले बिदाइ गरेको छ ।
बिहान एक कार्यक्रमबीच मुख्यमन्त्री शंकर पोखरेलले पदमुक्त यादवको बिदाइ गरेका हुन् । मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले लुम्बिनी प्रदेश प्रमुख यादवलाई हटाएर उनको स्थानमा अमिक शेरचनलाई नियुक्त गरेकी छन् ।

यादव तत्कालीन एमाले र माओवादीको भागवण्डाका आधारमा १८ कात्तिक ०७६ मा लुम्बिनी प्रदेश प्रमुखमा नियुक्त भएका थिए । यादवको कार्यकाल भने सुखद् रहेन । पछिल्लो समय विपक्षी गठबन्धनले प्रदेश प्रमुखमाथि सत्तारुढ दलको स्वार्थ बोकेको र प्रदेश सरकारलाई संरक्षण गरेको आरोप लगाउँदै आएको थियो ।

प्रदेशसभामा मुख्यमन्त्री पोखरेलविरुद्ध दर्ता गरेको अविश्वास प्रस्तावमाथि छलफल गर्नका लागि १९ वैशाखमा प्रदेशसभाको बैठक आह्वान भएको थियो । तर, मुख्यमन्त्री पोखरेलले त्यही दिन बिहान पदबाट राजीनामा दिए । नाटकीय रुपमा सोही दिन साँझ उनलाई प्रदेश प्रमुख यादवले पुनः मुख्यमन्त्रीमा नियुक्त गरेका थिए । आफ्नै निवासमा विपक्षी दलहरुले धर्ना दिइरहेको अवस्थामा सुरक्षाकर्मीको घेरामा बाहिरिएका प्रदेश प्रमुखले सोही रात मुख्यमन्त्रीको कार्यालयमा गएर मुख्यमन्त्री पोखरेललाई शपथ गराएका थिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७