मिस एण्ड मिसेस् हेरिटेज इण्डिया–२०२१ का लागि रोजिन शाक्यको अनलाइन ‘ग्रुमिङ’


१३ श्रावण २०७८, बुधबार
219923258 168280295268956 2983564240722298480 n

काठमाडौं, १३ साउन । नेपालको फेसन र मोडलिङ क्षेत्रले विभिन्न स्वरुप र तरिकाले अन्तर्राष्ट्रिय मञ्चमा आफ्नो उपस्थिति र पहिचान बढाउने क्रम बढ्दो छ ।

यसै सन्दर्भ नेपालका फेसन कोरियोग्राफर एवं सञ्चारकर्मी रोजिन शाक्यले भारतमा सञ्चालन हुँदै गरेको एक सौन्दर्य प्रतियोगिताका लागि अनलाइन माध्यमबाट ग्रुमिङ कक्षा सञ्चालन गरेका छन् । मुनाल इन्टरटेन्मेन्ट एण्ड ग्रुमिङको आयोजनामा भारतमा राष्ट्रियस्तरमा आयोजना हुँदै गरेको ‘मिस एण्ड मिसेस् हेरिटेज इण्डिया–२०२१’ का प्रतिस्पर्धीहरुलाई नेपाली फेसन कोरियोग्राफर रोजिन शाक्यले हालै मात्र गुगलमीटको माध्यमबाट अनलाइनमार्फत् गु्रमिङ गरेका हुन् ।

विशेषतः स्टेज प्रस्तुती, प्रतियोगितामा सहभागीले गर्नुपर्ने तयारी, सहभागिताको उद्देश्य, प्रतियोगिताको उपयोगिता र अवसरलाई कसरी सदुपयोग गर्ने भन्ने कुरामा उक्त ग्रुमिङ सेसन केन्द्रित थियो ।

उक्त ग्रुमिङ सेसनपछि प्राप्त प्रतिक्रिया अनुसार सबै सहभागीले कक्षा निकै फलदायी भएको जनाएका छन् । प्रतियोगिताका सहभागी प्रणालीका अनुसार यो सेसन मानसिक र व्यक्तित्व विकासका दृष्टिकोणले निकै राम्रो रहेको थियो ।

सहभागी गौरी ठोरतका अनुसार यो सेसन अत्यन्त प्रेरणादायी रह्योे । आफूभित्रको सकारात्मक र सशक्त पक्षको खोजी, विकास र प्रयोगका लागि यसले उर्जा प्रदान गरेको उनले बताइन् । यो सेसन अन्तरक्रियात्मक, पथ प्रदर्शक रहेको र सकारात्मक भई प्रतियोगिताबाट प्राप्त गर्न सकिने लाभका बारेमा सुक्ष्म रुपमा सोच्न प्रेरित गरेको अर्की सहभागी प्रियंका सिन्डेले बताइन् ।

मिस एण्ड मिसेस् हेरिटेज इण्डिया–२०२१ मुनाल इन्टरटेन्मेन्ट एण्ड ग्रुमिङको आयोजनामा सञ्चालन हुन लागेको प्रतियोगिता हो । यस प्रतियोगिताका विजेताले भारतलाई प्रतिनिधित्व गर्दै इप्लानेट प्रालिको ब्यानरमा आयोजना हुने अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगिता हेरिटेज पेजेन्टस्मा भारतको तर्फबाट सहभागिता जनाउने छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७