कक्षा १२ को परीक्षा होम सेन्टरबाटै गर्ने तयारी


१३ श्रावण २०७८, बुधबार
education comitte

काठमाडौं, १३ साउन । यस वर्षको कक्षा १२ को परीक्षा होम सेन्टरबाटै गर्ने तयारी अगाडि बढाइएको छ । आज (बुधबार) संसदको शिक्षा तथा स्वास्थ्य समितिको छलफल कार्यक्रममा बोल्दै राष्ट्रिय परीक्षा बोर्डका सदस्य सचिव दुर्गा अर्यालले कोरोना संक्रमणको जोखिमका कारण उनीहरूले अध्ययन गरेको विद्यालयमै होमसेन्टर अवधारणा अनुसार परीक्षा लिने जानकारी दिए ।

सदस्य सचिव अर्यालले लकडाउनका कारण पर्याप्त मात्रामा यातायात नचलेका कारण विद्यार्थीको सहजताका लागि होम सेन्टरबाटै परीक्षा सञ्चालन गर्न लागेको जानकारी दिए । यहि साउन ३१ गतेदेखि ९ दिनसम्म कक्षा १२ को परीक्षा सञ्चालन हुँदैछ ।

परीक्षा बोर्डका अनुसार कक्षा १२ मा २८ जनाभन्दा कम विद्यार्थी भएका १ हजार, ५० जना भन्दा कम विद्यार्थी भएका २३ सय, १ सयभन्दा कम विद्यार्थी भएका ३४ सय र ५ सयभन्दा बढी विद्यार्थी भएका ८९ विद्यालय छन् । सबै स्वास्थ्य सुरक्षा मापदण्ड पालना गरेर परीक्षा सञ्चालन गर्ने बोर्डको भनाई छ ।

छलफलमा सांसद बिद्या भट्टराईले लकडाउनका कारण विद्यालयमा गुणस्तरीय शिक्षा भएकोले विद्यार्थीले कसरी परीक्षा दिने भन्दै प्रश्न गरिन् । उनले लकडाउनपछि स्नातक तहको पढाइ नै नभएको उल्लेख गरिन् । सांसद अञ्जना बिसंखेले लकडाउनका कारण विद्यार्थीको परीक्षा खस्कने अवस्थामा रहेको बताएकी छिन् । उनले विद्यार्थी अनलाइन कक्षा भन्दै मोबाइलमा गेम खेलेर बस्ने गरेको र लगातार विद्यालय बन्द हुँदा असामाजिक बन्दै गएको उल्लेख गरिन् ।

यस्तै गिरिराजमणि पोखरेलले सम्पूर्ण शिक्षक विद्यार्थीलाई खोप नदिएसम्म भौतिक उपस्थितिमा परीक्षा गर्न सहज नहुने बताए । छलफलमा शिक्षा मन्त्रालयका सचिव रामप्रसाद थपलियाले कोभिड संकट ब्यवस्थापन केन्द्रको निर्देशन अनुसार मापदण्ड पु¥याएर परीक्षा सञ्चालन गर्ने जानकारी गराए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७