प्रचण्डको हस्ताक्षर दुरुपयोग, माओवादीद्वारा आपत्ति


१३ श्रावण २०७८, बुधबार
Prachanda

काठमाडौं, १३ साउन । नेकपा माओवादी केन्द्रले पार्टीको लेटरप्याड, छाप र अध्यक्ष प्रचण्डको हस्ताक्षर दुरुपयोग भएको भन्दै आपत्ति जनाएको छ ।

माओवादीले आज (बुधबार) एक विज्ञप्ति जारी गर्दै पार्टीको लेटरप्याड, छाप र अध्यक्ष प्रचण्डको हस्ताक्षर दुरुपयोग गरेर ‘मन्त्रिमण्डल विस्तार’ बारे भ्रामक प्रचार भएकोप्रति आपत्ति जनाउँदै त्यस्ता कार्यमा संलग्नमाथि कडा कारवाही गर्न माग गरेको छ ।

माओवादी केन्द्रीय कार्यालयका सचिव श्रीराम ढकालले केही अपराधिक, अराजक एवं प्रतिगामी तत्वहरुले माओवादीलाई बदनाम गर्ने उदेश्यले मन्त्रिमण्डल विस्तारबारे कुप्रचार गरेको भन्दै त्यसमा संलग्नहरूलाई कडा कारवाहीको माग गरेका हुन् ।

‘केही समययता यस किसिमका प्रतिगमनकारी, पश्चगामी र पुरातनवादी तत्वहरु अत्तालिएर क्रान्तिकारी र लोकतान्त्रिक शक्तिहरूलाई बदनाममा गर्ने कुत्सित मनसायले यस्ता हर्कतहरु गर्दै आइरहेका छन्’, माओवादीले जारी गरेको विज्ञप्तिमा भनिएको छ ‘यस किसिमका किर्ते र झुठ प्रचारको भ्रममा नपर्न सिंगो पार्टी पंक्ति, लोकतान्त्रिक शक्तिहरु, र आम जनसमुदायमा समेत हाम्रो पार्टी हार्दिक अनुरोध गर्दछ ।’ माओवादी पार्टीको नक्कली लेटरप्याड, प्रचण्डको हस्ताक्षरसहित बैठकको निर्णय भन्दै सामाजिक सञ्जालमा अनर्गल प्रचार गरिएको थियो ।

224375464 4317973574912813 4706263016649933473 n 9tT0LyFX6c

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७