संसदमा बिडारीको आक्रोश : परमादेशकै कारण सुविधा खाने अनि परमादेशकै विरोध गर्ने ?


१३ श्रावण २०७८, बुधबार
ram narayan bidari scaled
/fli6«o;efsf] a}7s sf7df8f}F, ( c;f/M ;+3Lo ;+;b ejg gofF afg]Zj/df dªunaf/ a;]sf] /fli6«o;efsf] ljz]if ;dodf af]Nb} ;f+;b /fdgf/fo0f la8f/L . tl:a/M /f]zg ;fksf]6f÷/f;;

काठमाडौं, १३ साउन । राष्ट्रियसभाका सांसद रामनारायण बिडारीले अहिलेको सरकार परमादेशबाट बनेको भनी नेकपा एमालेका सांसदले गरेको टिप्पणीप्रति आपत्ति जनाएका छन् ।

आज (बुधबार) राष्ट्रियसभा बैठकको विशेष समयमा बोल्दै उनले परमादेशका कारण संसद ब्युँतिएर तलब भत्ता खान पाएका सांसदहरुले परमादेशकै विरोध गर्नु उचित नहुने भन्दै आपति जनाएका हुन् । ‘परमादेशे सांसदहरु, परमादेशका कारण अधिकार र सुविधा ग्वाम–ग्वाम लिएर खाइरहेका हामी सांसदहरु अनि परमादेशलाई श्राप ? अनि परमादेशका विरुद्ध यत्रा कुरा ?’ उनले भने ।

नेकपा एमालेका सांसदहरुले अहिलेको सरकार परमादेशबाट बनेको टिप्पणी गर्दै आइरहेका छन् । तर बिडारीले त्यसको प्रतिवाद गर्दै राष्ट्रपतिले प्रधानमन्त्री नियुक्ति गरेको कागज हेर्न आग्रह गरेका छन् ।

‘प्रधानमन्त्रीले नियुक्ति राष्ट्रपतिले गरेको हो । राष्ट्रपतिलाई बेइज्जत गराउने सांसद हो कि होइन ?’ उनले प्रश्न गरे, ‘सांसदहरु मिलेर राष्ट्रपतिले गरेको कागजको विरुद्धमा परमादेशबाट भयो भनेको छ । हेर्ने त प्रमाण ? हेर्ने त नियुक्ति ?’ उनले प्रधानमन्त्रीको नियुक्ति राष्ट्रपतिले संविधानको धारा ७६ (५) अनुसार गरेको हेक्का राख्न सांसदहरुलाई आग्रह गरेका छन् ।

सांसद विडारीले नेकपा एमाले र माओवादी केन्द्र पनि सर्वोच्चको परमादेशबाट अलग भएको भन्दै परमादेशबाट बनेको दलमा बसेर परमादेशकै विरोध नगर्न आग्रह गरे । ‘परमादेशबाटै एमाले नामको दल खडा भयो, माओवादी दल खडा भयो । त्यही दलमा बसेर बुर्लुक बुर्लक उफ्रेर मोजमस्ती गरेर यस्तो काम भइरहेको छ,’ उनले भने ।

‘के यो संसद सर्वोच्च अदालतको फैसलाको रिभ्यु गर्ने पुनरावलोकन गर्ने ठाउँ हो ? हामीले त्यस्तै संविधान बनाएको हो ? संविधानमा त्यही लेखेको छ ?’ उनले भने । संसारको कुनै पनि देशको संसदमा अदालतको फैसलाबारे छलफल नहुने उनले बताए । एमाले अध्यक्ष केपी शर्मा ओलीले संविधान मिच्न सिकाएका सांसदहरुले अहिले परमादेशको कुरा उठाइरहेको बिडारीले टिप्पणी गरे । ‘यस्ता कुरा गरेर हामीले खाएको तलब भत्ता पच्दैन, यस्ता कुरा भोलिबाट नगरौं,’ उनले भने ।

भिडियाे

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७