गण्डकी र लुम्बिनी प्रदेश प्रमुखको शपथ साँझ ६ बजे


१३ श्रावण २०७८, बुधबार
shital niwash

काठमाडौं, १३ साउन । नव नियुक्त गण्डकी र लुम्बिनी प्रदेश प्रमुखको शपथ बुधबार साँझ ६ बजे हुने भएको छ । आज (बुधबार) साँझ ६ बजे राष्ट्रपति कार्यालय शीतल निवासमा दुवै प्रदेश प्रमुखको शपथ ग्रहण कार्यक्रम राखिएको राष्ट्रपति कार्यालय स्रोतले जनाएको छ ।

मंगलबार मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले गण्डकी प्रदेश प्रमुखमा पृथ्वीबहादुर गुरुङ र लुम्बिनी प्रदेश प्रमुखमा अमिक शेरचनलाई नियुक्त गरेकी थिइन् ।

prithbiman gurung and amik sherchan

पूर्ववर्ती केपी ओली नेतृत्वको सरकारले नियुक्त गरेका गण्डकी प्रदेश प्रमुख सीता पौडेल र लुम्बिनीबाट धर्मनाथ यादवलाई हटाएर सत्ता गठबन्धन दलको सिफारिस अनुसार गुरुङ र शेरचनलाई नियुक्त गरिएको हो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७