सात लाख नगदसहित ११ जुवाडे पक्राउ


१३ श्रावण २०७८, बुधबार
pakrau 1

काभ्रे, १३ साउन । जिल्ला प्रहरी कार्यालय काभ्रेले सात लाख नगदसहित ११ जुवाडेलाई पक्राउ गरेको छ ।

मंगलबार साँझ बनेपा नगरपालिका–१४ खालचौरस्थित थोप्चेन तामाङको घरमा तास खेलिरहेको अवस्थामा उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय काभ्रेका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक हरि खतिवडाले जानकारी दिए । उनीहरुको साथबाट ७ लाख १५ हजार ३५ रुपैयाँ बरामद गरेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७