तटस्थ बसेका रेशम चौधरी पनि उपेन्द्रतिरै खुले


१३ श्रावण २०७८, बुधबार
resham chaudhary 2 copy 6bY0NgdYFS
फाइल फोटो

काठमाडौं, १३ साउन । जनता समाजवादी पार्टी नेपाल (जसपा) को आधिकारिकता विवादमा तटस्थ बसेका केन्द्रीय कार्यकारिणी सदस्य रेशम चौधरी अन्नतः जसपातिरै खुलेका छन् ।

निलम्बित सांसद रेशम चौधरीले आफू उपेन्द्र यादव पक्षको जसपामै रहेको प्रष्ट पारेका छन् । चौधरी आधिकारिक पार्टीमै रहेको र केन्द्रीय कार्यकारिणी सदस्य रहेको जसपाका प्रवक्ता डम्बर खतिवडाले बताएका हुन् । साउन ११ गते निर्वाचन आयोगले जसपाको आधिकारिकता उपेन्द्र यादव पक्षलाई दिने निर्णय गरेको थियो । आयोगको प्राङ्गणमा हेड काउन्ट गर्दा यादव पक्षमा ३४ जना केन्द्रीय कार्यकारिणी सदस्य खुलेका थिए ।

५१ सदस्यीय कार्यकारिणीमा ३४ जना उपेन्द्र पक्षमा खुलेपछि जसपाको आधिकारिकता यादवले पाएको निर्णय आयोगले सुनाएको थियो । तर, हेड काउन्टमा महन्थ पक्ष र उपेन्द्र पक्ष दुवैतिर नखुली तटस्थ बसेका चौधरी अन्ततः उपेन्द्र पक्षमा खुलेको खतिवडाले ट्वीटमार्फत जनाएका छन् ।

‘माननीय रेशम चौधरीले फोनवार्तामार्फत् व्यक्त गर्नु भएको इच्छा र तुल्सीलाल स्मृति भवनमा जारी जसपा बैठकको अनुमोदन मुताबिक चौधरी जसपा आधिकारिक पार्टीमा र पार्टी केन्द्रीय कार्यकारिणी समिति सदस्य कायमै रहनु भएको प्रष्ट गर्न चाहन्छु,’ खतिवडाले ट्वीट गरेका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७