कांग्रेस क्रियाशील सदस्यता विवाद फेरि छानविन समितिमै, दिइयो २४ घण्टाको समय


१३ श्रावण २०७८, बुधबार
bishwa prakash

काठमाडौं, १३ साउन । नेपाली कांग्रेसले क्रियाशील सदस्यतासम्बन्धी विवादमा सहमति हुन बाँकी रहेका विषयलाई टुङ्गो लगाउन क्रियाशील सदस्यता छानविन समितिलाई नै जिम्मा लगाएको छ ।

आज (बुधबार) सभापति शेरबहादुर देउवाको निजी निवास बुढानिलकण्ठमा बसेको पदाधिकारी बैठकले उक्त निर्णय गरेको पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिएका छन् । उनका अनुसार क्रियाशील सदस्यतासम्बन्धी अधुरा विषय पुरा गर्न बिहीबार ३ बजेसम्ममा छानविन समितिका सदस्यहरुलाई जिम्मा दिएकाले त्यसपछि पार्टीले आफ्नो निर्णय गर्ने बताए ।

बैठकले छानविन समितिलाई २४ घण्टा समय दिएको प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए । रमेश लेखक नेतृत्वको छानविन समितिले मंगलबार पार्टी सभापति देउवालाई बुझाएको प्रतिवेदनमा १५/१६ वटा निर्वाचन क्षेत्र नटुंगिएको उनले बताए ।

‘क्रियाशील सदस्यता छानविन समितिको प्रतिवेदनमाथि छलफल शुरु भएको छ । साढे चार घण्टा विषयगत, समिक्षा भयो । नेताहरुले आआफ्ना धारणा राख्नुभयो’, प्रवक्ता शर्माले भने, ‘छानविन समितिका साथीहरुले प्रतिवेदन हेरेर अधुरा काम हेर्न जिम्मेवारी दिएको छ र त्यसपछि पार्टीले निर्णय गर्नेछ । अर्को बैठक २ बजे बस्ने छौ ।’

कांग्रेसमा नयाँ क्रियाशील सदस्यता वितरणमा केही जिल्लामा विवाद छ । हिजो मात्रै क्रियाशिल सदस्यता छानविन समितिले नयाँ पुरा गरी ८ लाख बढी क्रियाशील सदस्य रहेको प्रतिवेदन बुझाएको थियो । कांग्रेसले आगामी भदौ १६ गते राष्ट्रिय महाधिवेशन गर्ने जनाएको छ । तर, स्थानीय निकायको कार्यतालिका प्रभावित हुँदै आएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७