महाधिवेशन सर्दैन : वरिष्ठ नेता पौडेल


१३ श्रावण २०७८, बुधबार
ramchandra paudel
फाइल फोटो

काठमाडौं, १३ साउन । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टीको महाधिवेशन निर्धारित मितिमै हुने बताएका छन् ।
आज (बुधबार) प्रधानमन्त्री एवम् सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा बसेको पदाधिकारी बैठकपछि नेता पौडेलले सञ्चारकर्मीलाई छोटो प्रतिक्रिया दिँदै महाधिवेशन नसर्ने बताएका हुन् ।

कांग्रेसले आगामी भदौ १६ गतेदेखि राष्ट्रिय महाधिवेशन गर्ने कार्यतालिका तय गरेको छ । तर क्रियाशील सदस्यता सम्बन्धी विवाद टुंगो नलाग्दा स्थानीय तहको अधिवेशन गर्ने कार्यतालिका प्रभावित भइरहेको छ ।

बुधबार बसेको पदाधिकारी बैठकले क्रियाशील सदस्यता सम्बन्धी टुंगो लाग्न बाँकी विषय छानबिन समितिले थप छलफल गरी भोलि बस्ने बैठकमा ल्याउन गरी जिम्मेवारी दिएको छ । पदाधिकारी बैठक भोलि दिउँसो २ बजे पुनः देउवा निवास बूढानीलकण्ठमा बस्ने छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७