माधव नेपाललाई २२ सांसदको दबाव : सरकारमा जानु पर्छ


१३ श्रावण २०७८, बुधबार
Madhavkumar Nepal Senior Leader of Uml scaled

काठमाडौं, १३ साउन । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल निकट सांसदहरुले वर्तमान सरकारमा सहभागी हुनुपर्नेमा जोड दिएका छन् ।

आज (बुधबार) बुद्धनगरस्थित सहाना प्रधान स्मृति प्रतिष्ठानको भवनमा भएको छलफलमा उपस्थित अधिकांश सांसदले सरकारमा सहभागी हुनुपर्ने मत राखेका हुन् । आफ्नो भनाइ राखेर छलफलबाट बाहिरिएका सांसद मेटमणि चौधरीले आफूहरुको एकै स्वर रहेको जानकारी दिएका छन् । ‘सबै जनाले सरकारमा सहभागी हुनुपर्छ भन्नु भएको छ । हामी सबै एक छौं । उहाँ (माधव नेपाल) ले पनि सरकारमा सहभागी नहुने भनेर अहिलेसम्म भन्नु भएको छैन’, उनले भने ।

आफूहरु सरकारमा सहभागी नहुने पक्षमा भनेर बाहिर आएको कुरा गलत रहेको उनले बताएका छन् । छलफलमा नेता नेपालसहित १९ सांसद उपस्थित थिए । प्रतिनिधिसभामा प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको पक्षमा मतदान गरेका एमाले सांसदले छलफल गरेका हुन् । देउवाको पक्षमा नेपाल निकट २२ सांसदले मत हालेका थिए ।

तीमध्ये तीन सांसद भने काठमाडौं बाहिर रहेकाले छलफलमा सहभागी नभएको बताइएको छ । यसैबीच आज बालुवाटारमा बसेको सत्तारुढ गठबन्धनको वैठकमा सहभागी नेपाल पक्षीय नेता विजय पौडेलले आफूहरु सरकारमा सहभागी नहुने बताएका थिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७