हंगेरी सरकारले नेपाललाई दियो स्वास्थ्य सामग्री


१३ श्रावण २०७८, बुधबार
hugary health assistance2021 SoqVBq3Ql3

काठमाडौं, १३ साउन । हंगेरी सरकारले नेपाल सरकारलाई कोभिडसम्बन्धी स्वास्थ्य सामग्री हस्तान्तरण गरेको छ ।
सो अवसरमा हंगेरी गणतन्त्रका राजदूत आन्द्रेस किरालीले स्वास्थ्य मन्त्रालयका सचिव डा. रोशन पोखरेललाई उक्त स्वास्थ्य सामग्री हस्तान्तरण गरेका हुन् ।

नेपालस्थित हंगेरीको अवैतनिक महावाणिज्य दूतावासले हंगेरीका जनताद्वारा प्राप्त स्वास्थ्य सामग्रीले नेपालमा कोभिड–१९ विरुद्ध अग्रपंक्तिमा रही काम गर्ने व्यक्तिहरुका लागि सहयोगी सिद्ध हुने अपेक्षा राखेको बताएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७