सांसद थापाको रिट निवेदनमा अन्तरिम आदेश दिन अस्वीकार


१४ श्रावण २०७८, बिहीबार
krishna thapa samsad 9lme4RrvKU

काठमाडौं, १४ साउन । सर्वोच्च अदालतले गण्डकी प्रदेशका सांसद कृष्ण थापाको रिट निवेदनमा अन्तरिम आदेश दिन अस्वीकार गरेको छ ।
थापाले सांसद पद पुनःबहालीको माग गर्दै दायर गरेको रिट निवेदनमा सर्वोच्चले अन्तरिम आदेश दिन अस्वीकार गरेको हो ।

सर्वोच्च अदातलका न्यायधीश ईश्वरप्रसाद खतिवडा र मनोजकुमार शर्माको सयुक्त इजलासले सांसद पद पुनःबहाली गर्न माग गरेको रिट निवेदनमा अन्तरिम आदेश दिन अस्वीकार गरेको हो ।

‘थापालाई सुनुवाइको मौका समेत प्रदान गरी राजनीतिक दलसम्बन्धी ऐन, २०७३ को दफा २८, ३२ र ३४ समेतका दल त्यागसम्बन्धी कानूनी प्रावधानका आधारमा प्रदेशसभा सदस्य पदबाट हटाइएको देखिएको र निवेदकले उठाउनुभएको अन्य कानूनी प्रश्नको निरुपण पूर्ण सुनुवाइका अवस्थामा नै गर्नु मानसिव हुने प्रकृतिको देखिएको हुँदा अहिले अन्तरिम आदेश जारी गर्नु मनासिव देखिएन’, आदेशमा भनिएको छ । रासस

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७