कांग्रेसको पदाधिकारी बैठक बस्दै


१४ श्रावण २०७८, बिहीबार
congress

काठमाडौं, १४ साउन । नेपाली कांग्रेसको पदाधिकारी र पूर्व पदाधिकारीको बैठक आज (बिहीबार) पनि बस्दै छ । बैठक दिउँसो २ बजेपछि पार्टी सभापति शेरबहादुर देउवाको निजी निवास बुढानीलकण्ठमा बोलाइएको छ ।

वैठकमा आगामी १४ औं महाधिवेशनको विषयमा छलफल हुने कांग्रेसका एक नेताले जानकारी दिएका छन् । बुधबारको बैठकले क्रियाशील सदस्यता सम्बन्धमा थप केही नमिलेको भए मिलाएर ल्याउन एक दिनको समय दिएको थियो ।

सो समय बिहीबार दिउँसो सकिंदै छ । क्रियाशील सदस्यताको विवादका कारण कांग्रेसको आगामी महाधिवेशन निर्धारित मिति भदौ १६ मा नहुने निश्चित भइसकेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७