दोधारा चाँदनी नगरपालिकामा अख्तियारको छापा, कागजपत्र नियन्त्रण


१४ श्रावण २०७८, बिहीबार
ak1627528554

कञ्चनपुर, १४ साउन । अख्तियार दुरुपयोग अनुसन्धान आयोग कञ्चनपुरले दोधारा चाँदनी नगरपालिकामा निर्माण कार्यसम्बन्धीका कागजपत्र नियन्त्रणमा लिएको छ ।

सडक निर्माणसम्बन्धीका योजना सम्पन्न नभइकन भुक्तानी भएको उजुरीका आधारमा कागजात नियन्त्रणमा लिई अनुसन्धानको कार्य भइरहेको अख्तियारको कार्यालयका सूचना अधिकारी हरिशचन्द्र जोशीले बताए ।

‘आव ०७७/७८ का सडक निर्माण, कालोपत्रेलगायतका चार वटा योजनामा कार्य नगरिकनै भुक्तानी दिइएको उजुरी परेको थियो’, उनले भने, ‘त्यसै आधारमा सम्बन्धित योजनाका कागजपत्र नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको छ ।’ योजनामा अनियमियता भए नभएकोबारे अनुसन्धानपछि जानकारी हुने उनले बताए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७