आज कहाँ–कहाँ छ बाढीको जोखिम ?


१४ श्रावण २०७८, बिहीबार
badhi 3

काठमाडौं, १४ साउन । मनसुनी न्यून चापीय रेखा नेपालको पश्चिम तराई भू–भाग नजिक रहेका कारण पुनः बर्षा सक्रिय भएको छ ।
आज (बिहीबार) देशका ६ प्रदेशमा भारी वर्षाको सम्भावना रहेको मौसमविदले जानकारी दिएका छन् । बर्षाका कारण आज कोशी, कर्णाली र यसका सहायक नदीहरूमा पानीको बहाव उल्लेख्य बढ्ने पूर्वानुमान छ । कमला नदीमा पनि बहाव बढ्ने बाढी पूर्वानुमान महाशाखाले जनाएको छ ।

नारायणी, महाकाली र यिनका सहायक नदीहरूमा बहाव सामान्य घटबढ हुने तथा सतर्कता तहभन्दा तलै रहने पूर्वानुमान छ । कन्काई, वागमती, पूर्वी राप्ती, तिनाउ, पश्चिम राप्ती, बबईलगायतमा पनि बहाव सामान्य घटबढ हुने तथा सतर्कता तहभन्दा तलै रहने पूर्वानुमान छ ।

आज उदयपुर, खोटाङ, भोजपुर, सोलुखुम्बु, ओखलढुंगा, झापा, मोरङ, सुनसरी, सप्तरी, सिरहा, धनुषा, महोत्तरी, दोलखा, रामेछाप, सिन्धुपाल्चोक, सिन्धुली, रसुवा, नुवाकोट, मकवानपुर, गोरखा, लमजुङ, बागलुङ, कास्की, मनाङ, रुकुम पूर्व, रोल्पा, दैलेख, जुम्ला, मुगु, रुकुम पश्चिम, कालीकोट, दार्चुला, बझाङ, बाजुरा, अछाम र आसपास जिल्ला भई बहने स–साना नदीहरुमा बहाव बढ्ने छ । केहीमा आकस्मिक बहाव हुन सक्ने पूर्वानुमान छ ।
यस्तो छ बाढीको पूर्वानुमान

dkfjmdmg

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७