अखिल फोर्सको राष्ट्रिय भेला, माधव नेपालले सम्बोधन गर्दै


१४ श्रावण २०७८, बिहीबार
Madhav Nepal CPN scaled

काठमाडौं, १४ साउन । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल समूहको विद्यार्थी संगठन अनेरास्ववियुले अखिल फोर्सको राष्ट्रिय भेला आयोजना गर्ने भएको छ ।

अनेरास्ववियुका अध्यक्ष सुदेश पराजुलीले शनिबारका लागि बबरमहलस्थित कार्की ब्याङक्वेटमा अखिल फोर्सको राष्ट्रिय भेला राखिएको जानकारी दिए । उक्त भेलालाई पार्टीका वरिष्ठ नेता नेपालले सम्बोधन गर्नेछन् ।

उक्त भेलाको तयारीस्वरुप आज (बिहीबार) उपत्यकास्तरीय विशेष भेला राखिएको पराजुलीले जानकारी दिएका छन् । एमाले अध्यक्ष केपी शर्मा ओली निकट संगठनले युथ फोर्स गठन गरेपछि माधव समूहले त्यसको काउन्टरमा अखिल फोर्स गठन गरेको थियो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७