राष्ट्रिय योजना आयोगका उपाध्यक्ष र सदस्यहरुद्वारा सपथ ग्रहण


१४ श्रावण २०७८, बिहीबार
bishwo paudel national planning commission o1AkWOfacI

काठमाडौं, १४ साउन । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष विश्वनाथ पौडेलले प्रधानमन्त्रीबाट सपथ ग्रहण गरेका छन् । सिंहदरबारमा आज (बिहीबार) बिहान प्रधानमन्त्री देउवाले पौडेललाई सपथ ग्रहण गराएका हुन् ।

प्रधानमन्त्रीबाट सपथ ग्रहण गरेपछि उपाध्यक्ष पौडेलले सदस्यहरुलाई सपथ ग्रहण गराएका छन् । गत मंगलबार बसेको मन्त्रिपरिषद बैठकले राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा पौडेललाई र सदस्यहरुमा रामकुमार फुयाँल र दिलबहादुर लिम्बूलाई नियुक्त गरेको थियो ।

सपथपछि उपाध्यक्षमा पौडेल तथा सदस्यद्वय फुयाँल र लिम्बूले आजै पदभार पनि ग्रहण गरेका छन् । राष्ट्रिय योजना आयोग देशको विकास योजना तथा नीति तर्जुमामा सल्लाह दिने उपल्लो निकाय हो । यसको अध्यक्षता प्रधानमन्त्रीले गर्दछन् ।

आयोगमा एक जना पूर्णकालीन उपाध्यक्ष, आठ जना सदस्यहरू र एक जना सदस्य सचिव रहने व्यवस्था छ । नेपाल सरकारको मुख्य सचिव र अर्थ सचिव समेत आयोगमा पदेन सदस्य रहन्छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७