पूर्व माओवादी नेताको मुद्दा न्यायाधीश कार्कीको इजलासमा


१४ श्रावण २०७८, बिहीबार
mantri

काठमाडौं, १४ साउन । सांसद पद कायम गरी कामकाज गराई पाउँ भन्दै दायर गरिएको चार पूर्व माओवादी नेताहरुको मुद्दाको सुनुवाई बिहीबार सर्वोच्च अदालतमा हुँदैछ ।

माओवादी केन्द्रका चार नेता टोपबहादुर रायमाझी, लेखराज भट्ट, प्रभु साह र गौरीशंकर चौधरीले सर्वोच्चमा दायर गरेको रिटको सुनुवाईका लागि न्यायाधीश दीपककुमार कार्कीको एकल इजलाश तोकिएको छ । सर्वोच्चले केपी ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ अध्यक्ष रहेको नेकपालाई मान्यता नदिएपछि एमाले र माओवादी केन्द्र दुई अलग पार्टीमा परिणत भएका थिए ।

माओवादी केन्द्रमा रहेका ती चार नेता माओवादी परित्याग गरी एमालेमा गएर मन्त्री बनेका थिए । पार्टी परित्याग गरेका उनीहरुलाई माओवादीले सांसदबाट हटाएकामा संसद पुनर्वहाली भएपछि अहिले आफ्नो गुमेको पद फिर्ता गराइ पाउँ भन्दै रायमाझी, भट्ट, साह र चौधरीले सर्वोच्चमा रिट दायर गरेका थिए ।

एमालेमा प्रवेश गरेर केन्द्रीयदेखि स्थायी कमिटी र संसदीय दलसमेतका बैठकमा भाग लिइरहेका चारै नेताले आफूहरूले दल त्याग नगरेकाले माओवादीले सांसद पदबाट हटाउनु असंवैधानिक भन्दै पद बहाली गरिपाउँ भन्दै रिट हालेका हुन् । फागुन २३ को सर्वोच्च अदालतको फैसलापछि उनीहरू माओवादी छाडेर एमाले प्रवेश गरेपछि ओली सरकारमा मन्त्री समेत बनेका थिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७