तीन किलो यार्सागुम्बासहित पक्राउ


१४ श्रावण २०७८, बिहीबार
yarsagumba 1

दार्चुला, १४ साउन । दार्चुलामा तीन किलो यार्सागुम्बासहित एक जना पक्राउ परेका छन् । दुहु गाउँपालिका–३, तिमुरपाटाबाट तीन केजी अवैध जडीबुटी यार्सागुम्बासहित व्यास गाउँपालिका–३, सिना बस्ने २४ वर्षीय ग्रेससिंह कुँवरलाई प्रहरीले पक्राउ गरेको हो ।

सदरमुकाम खलंगातर्फ पैदल आउँदै गरेका उनलाई प्रहरी चौकी ब्रह्मदेवबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा उक्त यार्सागुम्बासहित फेला पारी उनलाई पक्राउ गरेको हो । बरामद यार्सागुम्बासहित उनलाई आवश्यक कारबाहीको लागि अपिनाम्पा संरक्षण क्षेत्र दार्चुला पठाइएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७