मनकला खड्का मृत्यु प्रकरण : जेठाजुका छोरासहित तीन जना पक्राउ


१४ श्रावण २०७८, बिहीबार
mankala

सुर्खेत, १४ साउन । सोमबार बारीको कान्लामा मृत भेटिएकी रुकुमपश्चिमको त्रिवेणी गाउँपालिका–४ की २६ वर्षीया मनकला खत्री खड्काको घटनामा संलग्न भएको आरोपमा प्रहरीले तीन जनालाई नियन्त्रणका लिएको छ । प्रहरीले हत्यामा संलग्न रहेको भन्दै मनकलाकै परिवारभित्रका तीन जनालाई नियन्त्रणमा लिइएको जनाएको हो ।

सोमबार राति ६ बजेतिर भैंसीलाई घाँस हाल्न गएकी उनी राति अबेरसम्म नफर्किएपछि परिवारले खोजी गर्दा गोठ नजिकै बारीको कान्लामा उनी मृत भेटिएकी थिइन् । कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतबाट खटिएको ब्युरो टोली र जिल्ला प्रहरी कार्यालयबाट खटिएको अनुसन्धान टोलीले अनुसन्धान गर्दै जाँदा उनीहरुले धारिलो हतियार (खुर्पा) प्रहार गरी कर्तव्य ज्यान गरेको खुल्न आएको प्रहरीको निष्कर्ष छ ।

जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक धुर्वकुमार श्रेष्ठले मनकलाको हत्या गरी मकै बारीमा फालेर नाक, कानमा भएका सुनका गरगहना समेत लिएको पुष्टि भएको बताए । साथै पक्राउ परेका १५ वर्षीय युवकको घरमा खानतलासी गर्दा सुनको कानबाली २ थान, मुन्द्री २ थान, नाकको टुक्की फुली १ थान, हसिँया र खुर्पा १–१ थान समेत बरामद गरिएको प्रहरीले जनाएको छ ।

पक्राउ परेका एक जना आफ्नै परिवारका जेठाजुका छोरा (भतिजा) पर्ने पनि रहेको प्रहरीले जनाएको छ । प्रहरी स्रोतका अनुसार एक वर्षदेखि मन्कला र ती युवकको घर बीच बोलचाल बन्द रहेको थियो । मन्कलाको हत्या भएपछि प्रदेश प्रहरीको अनुसन्धान टोली र तालिम प्राप्त कुकुर, केन्द्रीय टोली र रुकुम प्रहरी परिचालित समेत गरेको थियो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७